
काठमाडौं । न्यूजिल्याण्डमा ह्वेलसँग ठोक्किएर डुङगा पल्टिँदा पाँच जनाको मृत्यु भएको छ ।
काइकोरा शहर नजिकै रहेको गुज बेमा शनिबार डुङ्गा पल्टिँदा उनीहरुको मृत्यु भएको हो । डुङगामा ११ जना अवलोकनकर्ता सवार रहेको जनाईएको छ । प्रहरीले दुर्घटना के कारणले भएको हो भन्ने बारे अनुमान गर्न अस्वीकार गरेको छ भने ह्वेल ठोक्किएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अधिकारीहरुले यो घटना ‘अभूतपूर्व’ भएको बताएका छन् । घटनामा बाँच्न सफल डुङ्गाका क्याप्टेनसहित सबैलाई अस्पताल लगिएको थियो । त्यमध्ये एक जना सामान्य घाइते भएका छन् । उनीहरुको उद्धारमा तीनवटा हेलिकप्टर प्रयोग गरिएको थियो ।
त्यस्ता दुर्घटना यस क्षेत्रमा यसअघि नभएको र हालका दिनहरूमा यस क्षेत्रमा ह्वेलको संख्या बढ्नु चिन्ताको विषय भएको अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्