
काठमाडौं । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशको प्रदेश १ र मधेस प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश १ र मधेस प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
यस्तै, दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी भू–भागका एक दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । मधेश प्रदेशका थोरै भू–भागमा हल्का देखि मध्यम वर्षाको र प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको माहाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्