७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


धादिङमा ट्यांकर र मोटरसाइकल ठोक्कियो, एकजनाको मृत्यु


0
Shares

नबराज छत्कुली 

धादिङ, असार ३ । त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनीबेसी नगरपालिका–९ मा ट्यांकर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान काठमाडौं जाँदै गरेको ना७ख ५१९८ नम्बरको ट्यांकर र विपरित दिशाबाट आईरहेको बा४८प ७८९० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको थियो ।

दुर्घटनामा गजुरी गाउँपालिका–६ की २८ वर्षीया सविना भण्डारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सरोज सुवेदी घाइते भएका छन् । चालकसहित ट्यांकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।