१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लोकतन्त्रमा गठबन्धन बनाएर चुनाव लड्नु उचित हुँदैन : ओली


1.053k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले पार्टी कुनै पनि दलसंग गठबन्धन नगर्ने बताएका छन् ।

सोमबार नेकपा एमालेले जनकपुरधाममा आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताए । अध्यक्ष ओलीले भने एमालेले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कसैसंग कुनै गठबन्धन नगर्ने तर केही पार्टीलाई रेस्क्यु गर्ने गर्नेछु ।

उनले एमाले कसैको सहारामा चल्ने पार्टी नरहेको भन्दै लोकतन्त्रमा गठबन्धन बनाएर चुनाव लड्नु उचित हुँदैन त्यसैले एमाले गठबन्धन गर्दैन भने । नागरिकता विधेयकको प्रसंगमा अध्यक्ष ओलीले गठबन्धन दलले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिए भोली पास गर्ने प्रतिबद्धता जनाए ।

उनले भने पांचदलीय गठबन्धन नागरिकता विधेयकको नाममा जनतालाई झक्याउन खोजेका छन, एमाले पार्टी शुरुदेखि नै प्रयासरत रहेको भन्दै जन्मसिद्ध नागरिकका सन्तानलाई वशजको नागरिकता दिए भोली पास गरिदिन्छु ।

कार्यक्रममा अध्यक्ष ओलीले आउंदो निर्वाचन देशका महत्वपूर्ण रहेको भन्दै पांचदलीय गठबन्धनको हातमा सत्ता गयो भने देश नै बरबाद हुने भन्दै एमालेले मात्रै देशलाई समृद्ध बनाउन सक्ने दाबी गरे ।