२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


कञ्चनपुरमा उखुखेतीमा नयाँ रेडरड रोग देखापरेपछि कृषक चिन्तित


325
Shares

काठमाडौं । कञ्चनपुरको बेलौरी नगरपालिका–८ का किसानले लगाएको उखु खेतीमा नयाँ रेडरड (रातो सडन) रातो रोग देखा परेको छ ।

जसका कारण कृषक चिन्तित भएका हुन् । कृषकले ६० बिघा बढी जग्गामा लगाएको उखुमा रेडरड रोग देखापरेको हो । पानी जम्ने खेतमा रोपिएको उखुमा याे रोग देखा परेको नगरपालिकाको कृषि शाखाले जनाएकाे छ । कृषकले रोपेको १५ बिघा जग्गामा लगाइएकाे उखु सबै सखाप भएको कृषकले बताएका छन् ।

१० प्रतिशतदेखि ८० प्रतिशतसम्म उखुखेतीमा रातो रोगले नोक्सान गरेको छ । सिओ २ सय ३८ र सिओ २ सय ८ जातको उखुमा यस्तो रोग बढी देखा परेको छ । साेही रोगका कारण उखुका पात सुक्ने र उखुलाई चिरेरभित्र हेर्दा पूरै रातो हुने गरेको छ।

यसको रोकथामका लागि किसानलाई ढुसिनासक विषादी उपलब्ध गराउने कार्य भइरहेको नगरपालिकाको कृषि शाखाले जनाएकाे छ ।