
काठमाडाैं । सरोकारवालाहरुले आन्तरिक राजस्व अभिवृद्धि गर्न लागि विराटनगर महानगरपालिकालाई सुझाव दिएका छन् ।
आन्तरिक राजस्व वृद्धि नगरेसम्म विकास निर्माणले गति लिन नसक्ने भन्दै सरोकारवालाहरुले महानगरपालिकालाई सुझाव दिएका हुन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराैला कार्कीको उपस्थितिमा महानगरपालिकामा आयोजित छलफलमा उनीहरुले करको दायरा बढाउनुपर्नेमा जोड दिएका थिए ।
हिसान मोरङका अध्यक्ष अमित ढकालले घर बहाल कर नतिर्ने गरेको बताउदै घर बहाल कर उठाउने हो भने महानगरको आम्दानी ह्वात्तै बढ्ने बताउनुभयो । उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारकाले घर बहाल कर कडाइका साथ उठाउनु पर्नेमा जोड दिनुभयो । मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साहले महानगरले गहिराइसम्म पुगेर कर उठाउन नसकेको बताउनुभयो ।
घर बहाल कर, सम्पत्ति करलगायतका कर कडाइका साथ उठाउन सके महानगरको आम्दानी बढ्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्