१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महाभियोग सिफारिस समितिको बैठक अहिले केही बेरमा बस्दै


65
Shares

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन महाभियोग सिफारिस समितिको बैठक अहिले बिहान ९ बजे बस्दैछ ।

समितिको मंगलबारको बैठकमा राणासँग बयान लिने क्रम सकिएपछि पूरक प्रश्न सोध्ने विषयमा निर्णय लिन बुधबार पुनः बैठक बोलाइएको हो ।

समितिले राणालाई ४३ वटा प्रश्न सोधेको थियो । राणाले बयानका क्रममा आरोप लगाएका ब्यक्तिहरुको पनि बयान लिने समितिको योजना छ ।

यसैबीच, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सिफारिस समितिका सबै बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।

यसअघिका बैठकका निर्णयहरू गलत ढंगले सञ्चार माध्यममा गएको भन्दै एमालेले प्रत्यक्ष प्रसारण गर्न माग गरेको हो ।

गत १ फागुनमा प्रतिनिधि सभामा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो । प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशबाट निलम्बनमा परेका जबरासँग १५ भदौबाट महाअभियोग सिफारिस समितिले बयान लिएको हो ।