१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पोखरा महानगरले अनाधिकृत संरचना हटाउँदै


325
Shares

काठमाडौं । पोखरा महानगरपालिकाले अनाधिकृत रुपमा बनाएका संरचना हटाउन सुरु गरेकाे छ ।

महानगरले कानून मिचेर बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको हो । महानगरले ४ र ९ नम्बर वडा कार्यालय क्षेत्रमा रहेका फुटपाथ पसल र अवैध संरचना हटाउन ७ दिने सूचना निकालेको छ । तोकिएको समयभित्र संरचना निर्माणकर्ता स्वयंले हटाई व्यवस्थापन नगरेमा कानून बमोजिम हटाउने पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताउनुभयो ।

अनाधिकृत तरिकारले बनेका सरकारी संरचना हटाउदै जाने र अभियान निरन्तरता दिने उहाँले बताउनुभयो । सडकको अधिकार क्षेत्र मिचेर बनाइएका क्षेत्रीय हुलाक र टेलिकम लगायतका सरकारी कार्यालयका पर्खाल पनि भत्काइने बताउनुभयो ।

यसैगरी नयाँ बजारमा रहेको माइक्रोको अव्यवस्थित पार्किङलाई पनि त्यहाँबाट हटाइने भएको छ । सूचनाको बेवास्ता गरेर आफैँ नहटाए नगर प्रहरी लगाएर महानगरले हटाउँने उहाँको भनाइ छ । नयाँ पुलमा रहेको महानगरको भवनमा बाँकी रहेका सटर खाली गराएर पुनः संरचना भत्काउन सुरू गरिएको छ ।

त्यहाँ रहेका २ वटा भवनलाई भत्काएर उद्याेग बनाउने र सार्वजनिक शौचालय बनाउने योजना महानगरले अघि सारेको छ । भवन भत्काउँदा विस्थापित भएका आर्ट ग्यालरी र पुस्तकालयलाई पृथ्वीचोकमा बन्ने नयाँ भवनमा सारिने महानगरपालिकाले जनाएकाे छ ।