७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नबिल जेन अल्फा स्किम सार्वजनिक


182
Shares

काठमाडौं । राष्ट्रिय बालदिवसको अवसरमा नबिल बैकले नबिल जेन अल्फा स्किम सार्वजनिक गरेको छ ।

१८ वर्ष मुनिका बालबालिकालाई लक्षित गरि ल्याइएको यो एपले बालबालिकाको दैनिक जीवनमा आवश्यक कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यस तर्फ उत्प्रेरित गराउनका लागि विशेष भूमिका खेल्ने बैकको दावी छ ।

नेपालकै पहिलो डिजिटल एप दावी गरिएको यो एपले बालबालिकाको जीवनमा सीप र बचतको महत्व सिकाउने विश्वास पनि लिइएको छ ।