१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पहिलो पटक नग्न फोटोशूटबारे रणवीर सिंहको प्रतिक्रिया


1.417k
Shares

एजेन्सी । नग्न फोटोशूट प्रकरणमा भारतीय अभिनेता रणवीर सिंहले पहिलो पटक प्रतिक्रिया दिएका छन् ।

रणवीरले मुम्बई प्रहरीलाई दिएको बयानमा आफ्नो तस्वीरमाथि छेडछाड भएको बताएका छन् । रणवीरले इन्टरनेशनल पत्रिकाको लागि नग्न फोटोशूट गराएपछि निकै विवाद भएको थियो । रणवीरका यी नग्न तस्वीरलाई लिएर भारतको धेरै ठाउँमा विरोध प्रदर्शन भएको थियो । यति मात्र होइन, मुम्बईको एक एनजीओले रणवीरमाथि महिलाको भावनामा चोट पुर्‍याएको आरोपमा मुद्दा दर्ता सम्म गरेको थियो ।

हालै मुम्बई प्रहरीले नग्न फोटोशूट प्रकरणमा रणवीरको बयान लिएको छ । मुम्बई प्रहरीलाई रणवीरले दिएको बयानमा आफ्नो एउटा तस्वीरमा छेडछाड गरेको आरोप लगाएका छन् । रणवीरले आफ्नो एउटा तस्वीर एडिट भएको बताएका छन् । उनले भने, ‘ तस्वीर जसरी देखाइएको छ त्यसरी खिचिएको होइन ।’

रणवीरविरुद्ध मुम्बईको चेम्बुर प्रहरीमा मुद्दा दर्ता भएको थियो। यस मामिलामा प्रहरीले रणवीरलाई सोधपुछको लागि २ पटक बोलाएको थियो । त्यसपछि रणवीर आफ्नो कानूनी टोलीसँग चेम्बुर प्रहरी चौकी पुगे र आफ्नो बयान दिए ।

रणवीरको नग्न तस्वीर २१ जुलाईमा सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । उनको उक्त तस्वीरहरू निकै भाइरल भएका थिए जसका कारण उनी सामाजिक सञ्जालमा निकै ट्रोल पनि भएका थिए ।