
काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
टियु क्रिकेट मैदानमा बिहीबार तय सुदुरपश्चिमविरुद्धको पहिलो सेमिफाइनल खेल रद्द भएपछि आर्मी फाइनल पुगेको हो । गयराति परेको भारी वर्षाका कारण मैदान खेल्न अयोग्य हुँदा पहिलो सेमिफाइनल रद्द भएको हो । खेल रद्द भएपछि समूह चरणको उत्कृष्ट नतिजाका आधारमा आर्मी उपाधि नजिक पुगेको हो ।
आर्मी समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । सुदुरपश्चिम समूह ‘बी’ को उपविजेता बनेको थियो । जारी प्रतियोगितामा यो रद्द भएको १७ औं खेल हो । अब आर्मीले फाइनलमा एनआरएनए स्पोर्टस् एकेडेमी र नेपाल पुलिस क्लबबीचको विजेतासँग खेल्ने छ ।
दोस्रो सेमिफाइनल रद्द भएमा एनआरएनए फाइनल पुग्नेछ । समूह ‘बी’ को विजेताको हैसियतमा एनआरएनए फाइनल पुग्नेछ । गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ ।
तर, पुरुष क्रिकेट भने अगाडि नै आयोजना भइरहेको हो ।
प्रतिक्रिया दिनुहोस्