
काठमाडौं। लोकप्रिय पेय–पदार्थ दावी गरिएको कोका–कोलाले यो वर्षको दशैंँको लागि “सम्बन्ध उत्सव स्वादसँग” नामक अभियान सुरु गरेको छ ।
दशैं समस्त नेपालीहरुकै महान चाड हो र यो समयमा मुख्य रुपमा टाढा–टाढाका आफन्तजन भेटघाट गर्ने, मिठा–मिठा परिकारहरु बनाएर खाने परम्परा रहेको छ । यही परम्परालाई मध्येनजर गर्दै यो वर्षको दसैंँको लागि आकर्षक अभियान ल्याएको कम्पनीले जनाएको छ ।
कम्पनीले हरेक वर्षको दशैंँमा आफ्नो नेपाली उपभोक्ताहरुको लागि नयाँँ र रोमान्चक थिम सहित क्याम्पेन गर्दै आएको कम्पनीले जनाएको छ । कोका–कोलाले चङ्गा उडाएको, टिका लगाएको, परिवारसँग बसेर खाएको, पिङ खेलेको र देउसी–भैलो खेलेको जस्ता ५ वटा विभिन्नचित्र अंकित लेबलहरु भएको बोतल दशैंँको समयमा बजारमा ल्याउने गरेको जनाएको छ ।
कोका–कोला नेपालको कन्ट्री डिरेक्टर आदर्श अवस्थीले दशैंको मुख्य आकर्षणलाई प्रतिविम्बित गरेको अभियानप्रति आफु एकदमै उत्साहित रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्