१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिल्म ‘लण्डन टू पेरिस’ को प्रदर्शन मिति सार्वजनिक


39
Shares

काठमाडौं । घनश्याम लामिछानेद्वारा निर्देशित फिल्म ‘लण्डन टू पेरिस’को प्रदर्शन मिति सार्वजनिक भएको छ ।

फिल्मलाई आगामी फागुन ५ गते प्रदर्शन गर्ने भन्दै निर्माण टिमले मिति सार्वजनिक गरेको हो ।

‘लण्डन टू पेरिस’मा साम्राज्ञी आरएल शाह, गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठले मुख्य भूमिकामा अभिनय गरेका छन् । यो फिल्मबाट निश्चलले नायक र गरिमाले नायिकाको रुपमा डेब्यू गरेका छन् ।

लण्डनको कम्पनी एबी इन्टरनेशनलको ब्यानरमा निर्मित ‘लण्डन टू पेरिस’को कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्मको निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल छन् भने सह निर्माता अजित सिंह हुन् ।

फागुन ५ गते ‘लण्डन टू पेरिस’ सँगै अर्को फिल्म ‘परदेशी २’ले पहिले नै ‘बुक’ गरिसकेको छ ।