
फाइल तस्वीर ।
काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन प्रतितोलामा ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घटेर १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्