२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संसदको अधिवेशन अन्त्य गर्ने सरकारको तयारी


520
Shares

काठमाडौं । संघीय संसदको ११ औं अधिवेशन शनिबार मध्यरातदेखि अन्त्य हुने भएको छ ।

मन्त्री परिषद बैठकले संघीय संसदकाे ११ औं अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने तयारी गरेको हाे । संघीय संसद प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यरातिदेखि अन्त्य गर्ने सरकारले तयारी गरेकाे छ ।

समानुपातिकको बन्दसूची बुझाउनुअघि राष्ट्रपतिसमक्ष संसद अधिवेशन अन्त्यको सिफारिस गर्ने सरकाले आन्तरिक तयारी गरेको छ । विभिन्न विषयमा छलफल गर्न शुक्रबार बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसिरहेको बालुवाटार स्रोतले जनाएकाे छ ।

निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउन असोज २ र ३ गतेका लागि समय तोकेको छ ।