१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पञ्जाबी गायक मेहन्दीलाई हाईकोर्टले दियो जमानत


247
Shares

एजेन्सी । मानव तस्करी मामलामा जेलमा रहेका भारतीय लोकप्रिय पञ्जाबी गायक दलेर मेहन्दीलाई हरियाणा हाईकोर्टले जमानत दिएको छ ।

गत जुलाई १४ मा दलेरलाई पटियाला प्रहरीले पक्राउ गरेको थियो । गत तीन महिनायता दलेर जेलमा कैद थिए । १९ वर्ष पुरानो मानव तस्करी मुद्दामा पटियालाको ट्रायल कोर्टले सन् २०१८ मा दलेरलाई दुई वर्षको जेल सजाय सुनाएको थियो ।

यद्यपि दलेरले त्यतिबेला जमानत पाएका थिए । तर, यसपछि उनले पटियालाको अतिरिक्त सत्र न्यायाधीश समक्ष पुनरावेदन दायर गरेर त्यसलाई चुनौती दिए । चार वर्षको पुनरावेदन सुनुवाई पछि, अदालतले १४ जुलाई २०२२ मा दलेरको अपिल खारेज गर्दै सजायलाई कायम राख्यो । पुनरावेदन खारेज भएपछि दलेरले उच्च अदालतमा रिभीजन पिटीशन दायर गरेका थिए । त्यही दायर पिटीशनको सुनुवाई गर्दै गायकलाई जमानतमा रिहा गर्न आदेश दिएको हो ।

यो मामला १९ वर्ष पुरानो हो जब दलेर मेहन्दी र उनका भाइ शमशेर सिंह विरुद्ध पटियाला सदर पुलिस स्टेशनमा बक्षी सिंह नामक व्यक्तिले उजुरी दिएका थिए। बक्षीले दलेर मेहन्दी र उनका भाइले केही व्यक्तिलाई गैरकानुनी रूपमा विदेश पठाउन आफ्नो समूहको सदस्य बनेर मोटो रकम लिएको आरोप लगाएका थिए ।

२००३ मा सदर पुलिस स्टेशनमा दर्ता गरिएको पहिलो एफआईआर अनुसार, यो आरोप लगाइएको थियो कि मेहन्दी भाइहरूले १९८९ र १९९९ मा दुईवटा मण्डली लिएका थिए, जसमा १० जनालाई समूहको सदस्यको रूपमा अमेरिका लगिएको थियो र अवैध रूपमा छोडिएको थियो ।

पहिलो उजुरी दर्ता पछि प्रहरीले गायकविरुद्ध ३५ अन्य उजुरी पाएको थियो । सन् २०१८ मा न्यायिक मजिस्ट्रेट प्रथम श्रेणीको अदालतले दुवै भाइलाई दोषी ठहर्याउँदै दुई वर्षको जेल सजाय सुनाएको थियो । त्यसपछि उनीहरूलाई जमानत दिइएको थियो ।