
काठमाडौं । प्रतिनिधि सभाको आज शुक्रबारको बैठकमा ‘न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेश भएको छ ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाकोतर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रतिवेदन पेश गर्नुभएको हो ।
यस्तै, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विभिन्न तीन वटा विधेयक टेबल गर्नुभयो । ती विधेयकमा ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९’, बीमा विधेयक, २०७९’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्