२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रतिनिधि सभाद्वारा राष्ट्रिय सभाले संशोधन गरेका तीनवटा विधेयक स्वीकृत


65
Shares

काठमाडौं । प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभाले संशोधन गरेका तीनवटा विधेयकलाई स्वीकृत गरेको छ ।

प्रतिनिधि सभाको शु्क्रबार बसेको दोस्रो बैठकले राष्ट्रिय सभाबाट संशोधन भएर आएका तीनवटा विधेयकलाई बहुमतले स्वीकृत गरेको हो । बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन बहुमतले स्वीकृत भएको छ ।

त्यसैगरी बीमा विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन बहुमतले स्वीकृत भएको छ ।

प्रतिनिधि सभाको आगामी बैठक असोज १ गते शनिबार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ ।