१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लागुऔषध सहित लिम्बु पक्राउ


351
Shares

सुनसरी । प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

शुक्रबार राति गस्ती गर्ने क्रममा प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–५ स्थ्ति गुराँस चोकबाट २२ वर्षीय आर्यतवहादुर लिम्बुलाई पक्राउ गरेको हो ।

गस्तीमा रहेको सशस्त्र प्रहरी टोलीले शंका लागि लिम्बुको शरिर चेक गर्दा एकसय ५५ गोटी स्पास्पिन, एकसय ६३ गाटी ट्रमाडोल र ५ ग्राम गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाँईले बताउनुभयो ।

पक्राउ परेका लिम्बुलाई बरामद गरिएको लागु औषध सहित आबश्यक कार्वाहिका लागि इलाका प्रहरी कार्यालय धरानलाई बुझाईएको छ ।