२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अछाममा पहिरोमा परेर एकै परिवारका पाँच सहित ९ जनाको मृत्यु


169
Shares

काठमाडौं । अछाममा अविरल वर्षा पछि झरेको पहिरोमा परेर एकै परिवारका पाँच जना सहित ९ जनाको मृत्यु भएको छ ।

जिल्लाको कमल बजार नगरपालिका–८ र ६ मा गरेर ९ जनाको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

कमल बजार नगरपालिका–८ ढुगांलामा छिउरे दमाइ सहित उनको ५ जनाको परिवारको पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, कमल बजार नगरपालिका–६ मा ४ जनाको मृत्यु भएको छ भने अझै ४ जना घरमा पुरिएको आशंका गरिएको छ ।

पहिरोमा परेर घाइते भएका ४ जनालाई उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ ।

अछामको कमल बजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोले ठूलो क्षति पुर्‍याएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो । क्षतिको विस्तृत विवरण भने आइनसकेको उहाँले बताउनुभयो ।