२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सिरियामाथि इजरायलको हवाई हमला


221
Shares

काठमाडौं । इजरयाली सेनाले सिरियाको दमास्कस अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्दा पाँच सैनिकको मृत्यु भएको छ ।

राजधानी साना र दक्षिणी क्षेत्रमा इजरायली सेनाले एकै साथ गरेको आक्रमणमा उनीहरु मारिएका हुन् । इजरयाली सेनाको प्रतिकारमा उत्रेको सिरियाली सेनाले दर्जनौ इजरायली क्षेप्यास्त्र ध्वस्त पारेका छन् ।

आक्रमणमा विमानस्थल सञ्चालनमा असर गरे नगरेको विषयमा तत्काल पुष्टि भएको छैन । सिरिया र लेबनानका सहयोगीहरूलाई हतियार पु¥याउन तेहरानको हवाई आपूर्ति लाइनको बढ्दो प्रयोगमा बाधा दिन इजरायलले सिरियाली विमानस्थलमा आक्रमणलाई तीव्र पारेको बुझिएको छ ।