
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ३ हजार ७ सय ४० जनाको नमुना परीक्षण गरिएको हाे । १ हजार ५ सय ७४ जनाको पीसीआर र २ हजार १ सय ६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६३ जनामा काेराेन संक्रमणपुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
शनिबार १ सय ३१ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर १ हजार ९ सय ६६ जना काेराेनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्