७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


नयाँ जातको उखु लगाउन किसानलाई प्रोत्साहान


91
Shares

सर्लाही । सर्लाहीको हरिवनमा रहेको इन्दुशङ्कर चिनी मिलले किसानलाई उन्नत जातको उखु लगाउन प्रोत्साहान गर्ने भएको छ ।

उद्योगले धेरै उत्पादन दिने र एकै बालीबाट धेरै फाइदा हुने खालको बाली लगाउन किसानलाई प्रोत्साहान गर्ने भएको हो । पोहोर साल भारतबाट बिऊ ल्याएर सीमित क्षेत्रफलमा लगाइएको र अब सर्लाही तथा छिमेकी जिल्लाका विभिन्न ठाँउमा सी ओ पन्ध्र जीरो तेईस जातको उखु लगाइने उद्योगका सीनियर क्यान म्यानेजर सुरेश प्रसाद मेहताले भन्नुभयो ।

सामान्यतया किसानले मंसिर पहिलो सातादेखि फागुन अन्तिमसम्म उखु लगाउने गरेको भएपनि यस जातको उखु भदौ अन्तिम र असोजको पहिलो साता लगाउनुपर्ने हुन्छ ।

यस सिजनमा उखु लगाउदा उखुसँगै त्यस भित्र आलु बाली समेत लगाउन मिल्ने हुँदा किसालाई लाभ पुग्ने जनाइएको छ ।