
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्ता गठबन्धनका सबै दलहरुलाई चित्त बुझाउने गरी सिट बाँडफाँट गरिने दाबी गर्नुभएको छ ।
नेपाली कांग्रेसका संस्थापक तथा २०४६ सालको आन्दोलनका सर्वोच्च नेता स्वर्गीय गणेशमान सिंहको २५ औं स्मृति दिवसको अवसरमा आज काठमाडौंको शोभाभगवतीमा आयोजित कार्यक्रममा नेता सिंहले चुनावसम्म सवैलाई मिलाएर लैजाने बताउनुभयो ।
सिट बाँडफाँट चुनौतीपूर्ण रहेको स्वीकार्दै उहाँले सजिलो नभए पनि सबैलाई चित्त बुझाएर लैजाने र उचित समयमा निर्णयमा पुग्ने दाबी गर्नुभयो ।
संविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक रहेको सिंहको भनाई थियो ।
कार्यक्रममा नेता सिंहलगायतका कांग्रेस नेता कार्यकर्ताले स्वर्गीय सिंहको प्रतिमामा माल्यार्पर्ण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्