
विराटनगर । मोरङको कानेपोखरीमा लामो समयदेखिको खानेपानीको समस्या सामधान हुने भएको छ ।
कानेपोखरी गाउँपालिकाको कानेपोखरी बजारमा प्रदेश सरकारको लगानीमा खानेपानी आयोजनाको उद्घाटन गरिए पछि यहाँ देखिएको खानेपानीको समस्या सामधान हुने भएको हो ।
कानेपोखरीको हाइवे लाइनमा कानेपोखरी सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले निर्माण गरेको खानेपानी आयोजनाको प्रदेश नम्बर १ प्रदेश सभाका कांग्रेस संसदीय दलका प्रमुख सचेतक सुयर्माराज राईले उद्घाटन गर्नुभएको हो ।
खानेपानी कानेपोखरीमा व्यवस्था गर्न झण्डै चार वर्ष लागेको थियो ।
कानेपोखरीका ट्युबवेल र इनार सुक्दै जाँदा खानेपानीको समस्या बढ्दै गएको थियो ।
२ लाख २५ हजार लिटर क्षमताको ओभर हेड ट्याङ्कीबाट २४ घण्टा पानी वितरण गर्ने गरी ३ हजार मिटर खानेपानी पाइप बिस्तार गरिसकिएको छ ।
स्थानीय सामुदायिक वनको ५ कट्ठा जमिनमा उपभोक्ता समितिले खानेपानी आयोजना निर्माण गरेको हो । कुल ३ करोड २७ लाख ९५ हजार रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण भएको हो ।
प्रतिक्रिया दिनुहोस्