१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पल शाहको मुद्दाको सुनुवाइ आज पनि स्थगित


1.482k
Shares

काठमाडौं । अभिनेता पल शाहको मुद्दामा आज ( आइतबार) तनहुँमा हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका अभिनेता पल शाहको मुद्दामा तनहुँ जिल्ला अदालतमा आइतबार गर्ने भनेको सुनुवाइ स्थगित भएको हो । यसअघि यही भदौ १५ गतेका लागि तोकिएको पेशी पनि स्थगित भएको थियो । न्यायाधीश काठमाडौंमा भएकाले आइतबारको सुनुवाइ स्थगित भएको हो । यस मुद्दामा पेशीको अर्को मिति फेरि तोकीने छ ।

शाहविरुद्ध नवलपुर अदालतले सोही प्रकृतिको मुद्दामा गत साता साढे दुई वर्ष कैद फैसला सुनाएको थियो । नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई बालयौन दुरुपयोगमा दुई वर्ष छ महिना कैद फैसला सुनाएको हो । साथै रु. २५ हजार जरिवाना र रु. १० लाख क्षतिपूर्ति को फैसला सुनाएको थियो ।

नाबालिकमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए । शाहलाई चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अभिनेता शाहले आफू निर्दोष रहेको भन्दै रिहा गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिए पनि अदालतले उक्त निवेदन अस्वीकृत गरिदिएको थियो ।

शाह बलात्कार मुद्दाको पुर्पक्षका लागि अहिले तनहुँ कारागारमा छन् ।