२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


महाअभियोग प्रश्ताव निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने : अधिवक्ता बिडारी


390
Shares

काठमाडौं । राष्ट्रिय सभाका पूर्व सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्धको महाअभियोग प्रश्ताव निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने बताउनुभएको छ ।

आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै वरिष्ठ अधिवक्ता बिडारीले प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रश्ताव मंसिर ४ गतेको निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने बताउनुभएको हो । उहाँले संसद जीवित रहेको पनि बताउनु भयो । उहाँले संसद भंग नभएको र अधिवेशन मात्रै अन्त्य भएको स्पष्ट पार्नुभयो । आवश्यक परेमा संसदको अधिवेशन बोलाउन सकिने पनि उहाँको तर्क छ ।

वरिष्ठ अधिवक्ता बिडारीले नेकपा (एमाले) ले प्रधानन्यायाधीश चालेन्द्र समशेर जबरालाई जोगाउनका लागि षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो । उहाँले महाअभियोग सिफारिस समितिले गरेको बहुमतको निर्णय लागू हुने स्पष्ट पार्नुभयो ।

उहाँले महाअभियोगको प्रक्रिया ढिलो भयो भनेर भ्रष्टाचारीले उन्मुक्ति पाउनु नहुने बताउनु भयो ।