
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको चाहना अनुरुप संविधानले नेपाली समाजमा रहेका छुवाछुत, विभेद र उत्पीडन जस्ता सामाजिक विकृति तथा विसंगतिलाई अन्त्य गरेकाे बताउनुभएकाे छ ।
आठौं संविधान दिवसका अवसरमा साेमबार सबै नेपालीहरुलाई शुभकामना व्यक्त गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र भौगोलिक विविधतायुक्त नेपाली समाजको निर्माण गर्दै बृहत राष्ट्रिय एकताको सुत्रमा आबद्ध गरेको उहाँले बताउनुभयाे ।
उहाँले मुलुकको शासकीय सुधारका लागि विभिन्न कालखण्डमा भएका लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्ने क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात-अज्ञात शहीदप्रति उच्च सम्मान व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण समेत गर्नुभएकाे छ ।
प्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्व तथा नेपाली जनताको पूर्ण समर्थन, सङ्घर्ष र बलिदानबाट असोज ३ गते, २०७२ मा घोषणा भएको नेपालको संविधान हाम्रो संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा ऐतिहासिक एवं महत्वपूर्ण उपलब्धी भएको समेत उल्लेख गर्नुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्