
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधानको रक्षा र कार्यान्वयनमा क्रियाशील शक्तिले उच्चतम समझदारी बनाएर अघि बढ्नुपर्ने आवश्यकता भएकाे बताउनुभएकाे छ ।
संविधान दिवसका अवसरमा साेमबार शुभकामना सन्देश दिंदै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले विवादलाई संवादमा रुपान्तरण गर्न, राष्ट्रिय एकता कायम गर्न र संविधानको निष्ठापूर्वक पालना गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गर्नुभएकाे छ । संविधानमा लिपिबद्ध हक अधिकार कार्यान्वयनका लागि पहलकदमी लिइरहन सम्पूर्ण नेपाली नागरिकमा आग्रह समेत गर्नु भएकाे छ ।
नेपाली जनताको दशकौं लामो अनवरत संघर्षको परिणामका रुपमा प्राप्त भएको नेपालको संविधान लागू भएको ७ वर्ष पूरा भएको बताउनुभयाे । उहाँले संविधान जारी गरिएको यो विशेष दिनमा जनयुद्ध, जनआन्दोलन एवं विभिन्न काल खण्डमा भएका संघर्षमा जीवन अर्पण गर्ने शहीदप्रति श्रद्धाञ्जली अर्पण समेत गर्नुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्