
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सीमित साधन स्रोतकाबीच प्रदेश सरकार स्थापित भएको बताउनुभयो ।
संविधान दिवसका अवसरमा साेमबार उहाँले प्रदेशको क्षमता अनुसार काम गरेर पहिचान स्थापित गराउन सफल भएको दावी गर्नुभएकाे हाे । उहाँले सीमित साधनस्रोत, अधिकार हस्तान्तरण हुन नसक्नुका साथै जनशक्ति व्यवस्थापनमा ढिलाई भएकै कारण अपेक्षित काम गर्न नसकिएको पनि बताउनुभयो । उहाँले कतिपय अधिकार प्रदेशमा हस्तान्तरण गर्न ढिलाई हुँदा काम गर्न अप्ठ्यारो समेत भएको बताउनुभयो ।
उहाँले प्रदेश संरचना नै संघीयताको खास पहिचान भएकाले अबका दिनमा यसले गति लिने पनि बताउनुभयो । मुख्यमन्त्री पोखरेलले वित्तीय स्रोत पर्याप्त प्राप्त नहुँदा, अधिकार हस्तान्तरण र जनशक्ति व्यवस्थापनमा ढिलाई भएकै कारण प्रदेश तहले चाहे जस्तो काम गर्न नसकेको बताउनुभयो ।
मुलुकमा राजनीतिक स्थायित्व कायम गरी दिगो विकासका लक्ष्य प्राप्तिका लागि ३ तहका सरकारबीच समन्वय जरुरी रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्