१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


११ दलले बुझाए समानुपातिकको बन्दसूची


910
Shares

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ११ दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् ।

१ बजेसम्म नेपाली कांग्रेस (बीपी), जनता प्रगतिशील पार्टी, राष्ट्रिय जनमोर्चा, एकीकृत शक्ति नेपाल लगायतले बन्द सूची बुझाएका छन् ।

समानुपातिकको बन्दसूची बुझाउन आयोगले तोकेको दोस्रो दिन प्रतिनिधिसभा निर्वाचनका लागि दलहरू बन्दसूची लिएर निर्वाचन आयोग पुगेका हुन्।

प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनका लागि ८७ दलले निर्वाचन आयोगमा निवेदन दिएका थिए ।