
फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणा देउवालाई डडेलधुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस गरेको छ ।
सुदूरपश्चिम प्रदेश कमिटीले टुङ्ग्याएको सूचीमा राणालाई खस आर्य महिला समूहबाट समानुपातिक पदका लागि सिफारिस गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी राणाको नाम कैलाली–५ बाट प्रत्यक्ष तथा डडेलधुराबाट समानुपातिक उम्मेदवारका लागि सिफारिस हुनुभएकाे छ ।
यसअघि २०७४ को चुनावमा उनी कैलाली-५बाट एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्