१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अभिनेता इमरानमाथि जम्मू-कश्मीरमा ढुङ्गा प्रहार


247
Shares

एजेन्सी । भारतीय अभिनेता इमरान हाशमीमाथि जम्मू-कश्मीरमा ढुङ्गा प्रहार भएको छ ।

भारतीय कलाकारहरू आफ्नो फिल्मका साथै व्यक्तिगत जीवनलाई लिएर पनि चर्चामा रहन्छन् । धेरै पटक भारतीय कलाकारहरू आफ्नो फिल्मलाई लिएर समस्यामा पर्छन् । फिल्मको सेटमा धेरै कलाकारमाथि आक्रमण भएको छ । यसैबीच, अब इमरानसँग सम्बन्धित यस्तै समाचार बाहिर आएको छ ।

हाल इमरान जम्मू कश्मीरमा आफ्नो आगामी फिल्म ‘ग्राउन्ड जिरो’ को सुटिङ गरिरहेका छन् । सोही सुटिङमा रहेका इमरानमाथि कश्मीरमा ढुङ्गा प्रहार भएको छ । यो घटना त्यतिबेला भएको थियो जब इमरान सुटिङ गरेर पहलगामको मुख्य बजारमा गएका थिए । यस विषयमा पहलगाम प्रहरी स्टेशनमा उजुरी दर्ता गरिएको छ र आरोपीहरूलाई पनि पक्राउ गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । तर, उनीमाथि के कारणले ढुङ्गा प्रहार भएको हो त्यो भने खुलाइएको छैन ।

फिल्म ‘ग्राउन्ड जिरो’ इमरान आर्मी अफिसरको भूमिकामा देखिदैछन् । फिल्ममा उनी साई ताम्हनकर र जोया हुसैनसँग देखिदैछन् । यस फिल्म बाहेक इमरान अक्षय कुमारको फिल्म ‘सेल्फी’ मा र सलमान खानको फिल्म ‘टाइगर ३’ मा पनि महत्वपूर्ण भूमिकामा देखिने भएका छन् ।