१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘ट्यालेन्ट शो’को दोस्रो संस्करण घोषणा


104
Shares

काठमाडौं । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा ‘अनलाइन ट्यालेन्ट शो कम्पिटिसन’को दोस्रो संस्करण घोषणा गरिएको छ ।

विश्वभरका प्रतिभालाई ‘भर्चुअल’ माध्यमबाट छनोट गरी आयोजना हुन लागेको कार्यक्रमले नेपालीलाई आफ्नो भाषा, साहित्य, सङ्गीत तथा कलाका माध्यमद्वारा एकीकृत गराउने निर्माता पुष्प गजमेरले बताउनुभयो ।

उहाँका अनुसार हिमालयन म्युजिक एकेडेमी अमेरिकाले प्रस्तुत गर्ने कार्यक्रममा गायन, वाद्यवादन, नृत्य तथा कमेडी विधामा प्रतिस्पर्धा हुनेछ । एकेडेमी अध्यक्ष गजमेरले नेपाली भाषा, सङ्गीत, साहित्य र नेपालप्रति समर्पित रहेर शो सुरुआत गर्न लागेको जानकारी दिनुभयो ।

विजेताले नगद र आफ्नो दक्षता भएको विधामा उच्च शिक्षाको लागि छात्रवृत्ति र अन्य आकर्षक पुरस्कार पाउनेछन् । प्रतिस्पर्धाको अडिसन जुन १, २०२३ मा सुरु हुनेछ ।

अभिनेता कृष्ण मल्ल र भुटानिज आर्टिष्ट म्युजिक एसोसिएसनका अध्यक्ष खेम रिजालले कार्यक्रम सफलताको शुभकामना दिनुभएको थियो ।