२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गोठाटार गोलीकाण्ड : मृतकको टाउको, छाती र कम्मरमा गोली लागेको रिपोर्ट


1.157k
Shares

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गोली प्रहार गरेर हत्या गरिएका मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको शरीरमा चार वटा गोली लागेको पाइएको छ ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले सर्लाहीका व्यवसायी मोहम्मदको शरीरमा ४ गोली लागेको बताएका हुन् ।

त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मंगलबार भएको पोष्टमार्टममा संलग्न चिकित्सकका अनुसार उनको टाउको, छाती र कम्मरमा गरी चारवटा गोली लागेको रिपोर्ट आएको हो ।

अस्पताल स्रोतका अनुसार उनको टाउकोको दाहिनपट्टी दुई, दाहिने छाती र कम्मरमा एक/एक राउण्ड गोली लागेको छ ।

गोठाटारमा सञ्चालित ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’का सञ्चालक मोहम्मदलाई गोली लागेपछि प्रहरीले सुरुमा शंकरापुर अस्पतालमा लगेको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको सोमबार राति त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।