१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नागरिकता विधेयक प्रमाणिकरण नगर्ने निष्कर्षमा राष्ट्रपति


59.943k
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नागरिकता विधेयक प्रमाणिकरण नगर्ने निष्कर्षमा पुग्नुभएकाे छ ।

संसदले दोस्रो पटक पारित गरेर नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पठाएको आज १५ औँ दिन पुगेकाे छ । संसदबाट दोस्रो पटक पारित गरेर पठाइएको विधेयक राष्ट्रपतिले प्रमाणिकरण गर्नै पर्ने संवैधानिक व्यवस्था छ ।

तर राष्ट्रपति कार्यालयका उच्च स्राेतका अनुसार राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगर्ने निष्कर्षमा पुग्नुभएकाे हाे । पाँच दलीय गठबन्धनले बहुमतको बलमा संविधान मिचेको तर्क गर्दै राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगर्ने निष्कर्षमा पुगेकी स्राेतकाे भनाइ छ ।

साेही विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिसँग आज मध्ये रातसम्मको समय रहेकाे छ ।