
बागलुङ । बागलुङमा डेंगु रोगको संक्रमण बढ्दै जाँदा किटको समेत अभाव भएको छ ।
जिल्लामा डेंगु लक्षण भएका बिरामीको समेत धवलागिरि अस्पतालमा चाप बढ्न थालेको छ ।
स्वास्थ्य कार्यालय बागलुङले गत भदौमा मात्रै २९ जनामा डेंगु संक्रमण पुष्टि भएको जनाएको छ ।
पर्याप्त रूपमा डेंगु परीक्षणका लागि किटको अभावले गर्दा धेरै शङ्कास्पद बिरामीको परीक्षणमा समस्या भएको अस्पतालले जनाएको छ ।
जिल्लामा ३५ जनामा डेंगु संक्रमण पुष्टि भएको र एक जनाको जटिल अवस्था भएकाले थप उपचारका लागि पोखरा पठाइएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिनुभयो ।
डेंगुको लक्षण देखिएका बिरामीको रगत परीक्षण गर्ने र शंकास्पद देखिएमा मात्रै किट मार्फत परीक्षण गर्ने गरिएको उहाँले बताउनुभयो ।
स्वास्थ्य कार्यालयमा ३० थान मात्रै किट रहेको छ भने थप दुई सय किट आउने क्रममा रहेको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्