६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


गुजराती फिल्म ‘छेल्लो शो’ ओस्करको लागि मनोनयन


442
Shares

एजेन्सी । भारतीय फिल्म ‘छेल्लो शो’ (द लास्ट शो) सन् २०२३ को ओस्कार अवार्डका लागि सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मको विधामा मनोनित भएको छ ।

गुजराती भाषी उक्त फिल्म पान नलिनद्वारा लिखित र निर्देशित एक गुजराती फिल्म हो । फिल्मको पूरै कथा एक गाउँका बालकमा आधारित छ । १ घण्टा १० मिनेट लामो फिल्म ओस्कारमा भारतको तर्फबाट सिफारिस भएपछि सबैलाई चकित तुल्याएको छ ।

बहुचर्चित फिल्महरू ‘आरआरआर’ र ‘कस्मिर फाइल्स’ सिफारिस हुनसक्ने चर्चा ब्यापक थियो । फेड्रेसन अफ इन्डियाले भारतको तर्फबाट ‘द लास्ट शो’ लाई २०२३ का लागि पठाउने आधिकारिक घोषणा गरेको छ ।

यस फिल्मका निर्देशक पान नलिनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै खुशी व्यक्त गरेका छन् । उनले आफ्नो फिल्म ओस्कारमा भारतको तर्फबाट सिफारिस भएपछि आफूलाई सपना जस्तै लागेको बताएका छन् । भारतीय फिल्म महासंघ र फेड्रेसन अफ इन्डियालाई धन्यवाद दिदैं उनले फिल्ममा फेरी विश्वास गर्ने बताएका छन् ।

फिल्मको छायांकन मार्च २०२० मा सम्पन्न भएको थियो र छायांकन सकिएलगत्तै भारतभर लकडाउन भएको थियो । फिल्मको पोस्ट–प्रोडक्सनको काम कोरोना महामारीका समयमै सकिएको थियो । फिल्मको प्रिमियर १० जुन २०२१ मा २० औं ट्रिबेका फिल्म फेस्टिभलमा भएका थियो ।

यससँगै फिल्म विदेशी फेस्टिबलमा प्रदर्शन हुने पहिलो गुजराती फिल्म बनेको थियो ।