६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


अमेरिकामा लगातर तेस्रो पटक ब्याजदर वृद्धि

'फेडरल रिजर्भ बैंकद्वारा आर्थिक मन्दीको चेतावनी'

689
Shares

काठमाडौं । अमेरिकाको फेडरल रिजर्भ बैंकले पुनः ब्याजदर बढाएको छ । यसै वर्ष लगातार तेस्रो पटक ब्याजदर बढाइएको हो ।

सन् १९८० पछिको सबैभन्दा कठोर निर्णय भन्दै केन्द्रीय बैंकले निरन्तर ओरालो लागेको अर्थतन्त्रलाई जोगाएर देशलाई मन्दीमा जानबाट रोक्ने प्रयास गरिएको बताएको छ ।

तेस्रो पटक बढाइएको ब्याजदरपछि सापटी दर ३ देखि ३ दशमलव २५ प्रतिशत पुगेको छ । जसका कारण अमेरिकीहरुलाई घर, गाडी, क्रेडिटकार्ड लगायत खरिद गर्न थप कठिनाई हुने छ ।

फेडरल रिजर्भ बैंकका अध्यक्ष जेरोमी पावेलले ब्याजदर बढाउँदा पनि अर्थतन्त्र लिकमा आउने ग्यारेन्टी नरहेको भन्दै अहिले भोग्नु परेको कठिन अवस्थाले देशलाई मन्दीमा धकेल्छ धकेल्दैन वा मन्दीमा गईहाल्यो भने के कस्तो प्रभाव पर्छ भन्न सकिने अवस्था नरहेको बताउनुभएको छ ।

रिजर्भ बैंकले आर्थिक वृद्धि र रोजगारी सिर्जनाको झिनो आसा मात्रै रहेको प्रतिवेदन पनि सार्वजनिक गरेको छ ।

आगामी वर्ष अमेरिकामा बेरोजगारी दर झण्डै साढे चार प्रतिशत पुग्ने पनि फेडको प्रक्षेपण छ ।