
दैलेख । मध्यपहाडी लोकमार्ग अन्तर्गत दैलेख सडकखण्डको निर्माणमा ढिला सुस्ती र लापरबाही भएको छ ।
जाजरकोट हुँदै दैलेख सदरमुकाम भएर पश्चिममा अछाम छुने मध्यपहाडी लोकमार्गको काममा ढिलासुस्ती तथा लापरवाही भएको हो ।
लोहोरेदेखि दैलेख बजारसम्मको निर्माणको जिम्मा लिएको शर्मा एण्ड हाई हिमालय जेभिले काम गरिरहेको छ ।
६४ करोड ७८ लाख लागत रहेको उक्त सडकखण्ड विस्तारका लागि शर्मा एण्ड हाई हिमालय जेभिले ४१ प्रतिशत घटेर ३८ करोड १९ लाखमा सम्झौता गरेको थियो । २०७७ साल जेष्ठ २९ गते ठेक्का सम्झौता गरी २०७९ असार मसान्तसम्म सक्नुपर्ने काम आधा नहुँदै पुनः एक वर्ष सम्झौता म्याद थपिएको छ ।
नारायण नगरपालिका क्षेत्रभित्र भइरहेको सडक विस्तार कार्यमा गुणस्तरमा समेत लापरवाही गरेको पाइएको छ ।

नारायण नगरपालिका क्षेत्र भित्र रहेको संचालन भईरहेको सडक विस्तारको कार्यमा गुणस्तरमा लापरवाहि गरिएको देखिएको छ । नारायण नगरपालिका–७ किमुगाउँमा निर्माण गरिरहेको सडकको चौडाई बढाउन ढुंगा भरेर ग्याविन राख्नु अगाडि जमिनमा प्राविधिक डिजाईन अनुसार प्लमकक्रिड गर्नुपर्ने भनिएता पनि निर्माण ब्यवसायीले माटो, ढुंगा र गिट्टि मात्रको मसला बनाएर प्रयोग गरेर लापरवाहि गरेको देखिएको छ ।
जिल्लाको सदरमुकामबाट तीन किलोमिटर नजिक यसरी गुणस्तर बिनाको काम भईरहेको देख्दा राज्यको करबाट राष्ट्रिय गौरवको योजनामा भएको गुणस्तरहिन कामको चिन्ता ब्यक्त गर्दै वाइसियल दैलेखका अध्यक्ष गोपाल विसि भन्नुहुन्छ, ‘कस्तो लापरवाहि यो जनताको विकासमा यसरी लापरवाहि गर्ने जोसुकै भएपनि कार्वाहि हुनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्