१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कतारमाथि विश्वकप रङ्गशाला निर्माणका आप्रवासी पीडितहरुलाई क्षतिपूर्ति दिन दबाव


377
Shares

काठमाडौं । कतारमाथि विश्वकप आयोजना हुने रङ्गशाला निर्माणका क्रममा ज्यान गुमाएका आप्रवासी कामदारका परिवारलाई क्षतिपूर्ति दिन दबाव बढेको छ ।

इंग्ल्याण्ड फुटबल संघले कतारमा पूर्वाधार निर्माण गर्दा घाइते भएका वा मारिएका आप्रवासी कामदारका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ । कतारले आप्रवासी कामदारहरूमाथि गरेको व्यवहारलाई लिएर मानवअधिकारवादी समूहहरूबाट चर्को आलोचना भइरहेको बेला फुटबल क्लवहरू पनि आप्रवासी कामदारको पक्षमा आवाज उठाउन थालेका हुन ।

एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र फेयरस्क्वायरले गत मंगलबार फिफाका साझेदारहरू र विश्वकप प्रायोजकहरूलाई आप्रवासी कामदारहरूलाई क्षतिपूर्ति दिन पहल गर्न आग्रह गरेका थिए । गएको मेमा एम्नेस्टीलगायत अरू अधिकारवादी समूहले फिफालाई मानवअधिकार हनन गरेबापत क्षतिपूर्तिका लागि ४४ करोड अमेरिकी डलर छुट्ट्याउन भनेका थिए ।

कतारले क्षतिपूर्तिका लागि अटेरी गरिरहे विश्वकप अन्योलमा पर्ने त होइन भन्ने आशंका पनि गरिएको छ ।