११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


एमालेमा प्रवेश गरे पूर्वआईजीपी खनाल


390
Shares

काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज बिहीबार नेकपा (एमाले) मा प्रवेश गर्नु भएको छ ।

उहाँलाई बिहीबार पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनु भएको हो ।

ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी हुनुहुन्थ्यो । खनाल प्रतिनिधि सभा निर्वाचनमा एमालेबाट निर्वाचन लड्ने तयारीमा हुनुहुन्छ ।