
काठमाडौं । प्रदर्शनको तयारीमा रहेको इन्डो – नेपाली चलचित्र ‘प्रेमगीत ३’ को हिन्दी भर्सन नेपालमा भोलि (शुक्रबार) रिलिज नहुने भएको छ ।
विश्वभर एकसाथ प्रदर्शन हुन लागेको प्रेमगीत ३ को हिन्दी भर्सन नेपालमा भने शुक्रबारबाट रिलिज नहुने भएको हो भने नेपाली भर्सन शुक्रबार रिलिज हुने छ ।
विभिन्न प्राविधिक कारणले चलचित्रको हिन्दी भर्सन एक/दुई दिन रिलिज गर्न नसक्ने भएको चलचित्र निर्माण टिमले बताएको छ । चलचित्रको हिन्दी भर्सनलाई आगामी असोज १० गतेदेखि देशभर रिलिज हुने छ ।
हाल चलचित्रको निर्माण टिम प्रचारप्रसारका लागि भारतको मुम्बईमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्