१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


देशका केही भागमा मध्यदेखि भारी वर्षाको सम्भावना


416
Shares

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

आज (शुक्रबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

शुक्रबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

शुक्रबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, देशका तराई भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।