१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भक्तपुरमा रक्तदान तथा बीमा सचेतना कार्यक्रम सम्पन्न


78
Shares

भक्तपुर । सन नेपाल लाइफ इन्स्योरेन्स सूर्यविनायक शाखाले पाँचौ वार्षिकोत्सवको अवसरमा बिहीबार सूर्यविनायक चोकमा रक्तदान तथा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

सामाजिक उत्तरदायित्व बहन अन्तर्गत हाल रगतको चरम अभावलाई मध्यनजर गर्दै शाखाले रक्तदान कार्यक्रम गरेकाे हाे । रक्तदान कार्यक्रम ४६ जनाले रक्तदान गरेको सूर्यविनायक प्रबन्धक भुवन के.सी.ले जानकारी दिनुभयो ।

साेही कार्यक्रममा प्रबन्धक के.सी.ले बीमाको महत्वको विषयमा प्रस्ट पार्नुभएकाे थियाे । साेही कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष ईश्वर खड्का, समाजसेवी, बीमा अभिकर्ता र रेडक्रसकर्मी लगायतको समेत सहभागिता रहेको थियो ।