
चन्द्र कटुवाल
थाइराइड भनेको हाम्रो घाँटीमा रहेको पुतली आकारको एउटा ग्रन्थि हो । थाइराइड ग्रन्थि हाम्रो घाँटीको रुद्रघण्टीको ठिक तलपट्टि रहेको हुन्छ । जसले थाइरोक्सिन र ट्राइआयोडो थाइरोनिन हर्मोन उत्पादन गर्छ । तर थाइराइड ग्रन्थिमा हुने गडबढीले हर्माेन उत्पादन बढ्ने र घट्ने हुन्छ । शरीरलाई चाहिने भन्दा बढी र कम हर्माेन उत्पादन भएपछि नै थाइराइड रोग लाग्ने गर्छ । हर्मोन बढी हुनुलाई ‘हाइपर थाइराइड’ र कम हुनुलाई ‘हाइपो थाइराइड’ भनिन्छ ।
आजभोलि धेरै मानिस थाइराइडको समस्याबाट ग्रसित छन् । यसबाट प्रभावित भएमा विभिन्न किसिमका शारीरिक समस्या हुने गर्दछन् । अत्यधिक थकान, कपाल झर्नु, महिनावारी समयमा नहुँनु, तनाव, पसिना आउनु र बारम्बार भोक लाग्नु सामान्य लक्षणहरू मानिन्छन । तर यदि तपाईंको थाइराइड ग्रन्थीले काम गरिरहेको छ भने यी लक्षणहरू धेरै स्पष्ट हुन्छन् । अस्वस्थकर खानपान र तनावपूर्ण जीवन जिउने कारणले थाइराइड सम्बन्धी रोग लाग्ने गर्दछ ।
थाइराइडको उपचार गर्न योगाशनका विधिहरूलाई उपयोगी मानिछ । एलोप्याथिक औषधिमा, थाइराइड विकारहरूको लागि स्टेरोइडहरू प्रयोग गरिन्छ जसले अन्य समस्या निम्ताउन सक्छ । तर थाइराइडलाई जराबाट हटाउन योग नै उत्तम मानिन्छ ।
थाइराइड ग्रंथिले शरीरको मेटाबोलिक प्रक्रियामा विशेष भूमिका खेल्छ त्यसैले पनि यो निकै महत्वपूर्ण रहेको छ । थाइराइडको लागि सूर्यनमस्कार उत्तम मानिन्छ । सूर्य नमस्कार गर्नाले सम्पूर्ण शरीर उर्जाले भरिपूर्ण रहन्छ ।
थाइराइडका लागि केही योगाभ्यास निम्न प्रकार छन् । :
१.भ्रस्त्रिका
जोडले सास भित्र लिने र जोडले श्वास बाहिर फ्याक्ने कार्यलाई भस्त्रिका भनिन्छ । यो तीन तरिकाले गर्न सकिन्छ । मन्द, मध्यम र तीब्र । पहिलो पाँच सेकेन्ड लगाएर सास लिने र पाँच सेकेन्डमा नै छोड्ने । दोस्रोमा साढे दुई सेकेन्डसम्म लिने र छोड्ने । तेस्रोमा सास भित्र र बाहिर छिटो छीटो लिने र फाल्ने । यो प्रक्रिया हरेक दिन ५–१० मिनेटसम्म गर्नुहोस् । यसबाट निकै फाईदा पुग्दछ ।
सावधानी : उच्च रक्तचाप, मुटुका बिरामी, हर्निया, अल्सर र गर्भवती महिलाले यो अभ्यास गर्नु हुँदैन ।
२.कपालभाती
कपालभाती गर्नाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । यससँगै शरीरबाट अशुद्ध तत्व बाहिर निस्कन्छ । यसले थाइराइडबाट छुटकारा पाउन सकिन्छ । कपालभाती गर्न पहिले वज्राशन वा पद्मासनमा बस्नुहोस् । गहिरो सास भित्र लिनुहोस् र एक झट्कासँग सास छोड्दा, पेट भित्र तान्नुहोस् । अर्थात भस्त्रिकामा सास जोडले लिने र फाल्ने गरिन्छ भने । यसमा स्वासलिने निस्क्रिय तर फ्याक्ने चाहि जोडले गरिन्छ ।
सावधानी : कपालभाती प्राणायाम सधैं खाली पेटमा गर्नुपर्छ । गर्भवती महिला तथा अल्सर भएका व्यक्तिले कपालभाती प्राणायाम गर्नु हुँदैन । उच्च र कम रक्तचापको समस्या भएकाहरूले यो प्राणायाम चिकित्सकको सल्लाह लिएर मात्र गर्नुपर्छ ।
३. उज्जायी
सबैभन्दा पहिले पद्माशन वा सिद्धाशनमा बसी आफ्नो मुख बन्द राख्नुपर्दछ । त्यसपछि फोक्सोमा सास पूर्णतया भरिदा सम्म एउटै लयमा दुबै नाकबाट बिस्तारै श्वास लिनुहोस्।
दुबै नाकको प्वालबाट सास फेर्दा घाँटीको थाइराइड भागलाई कम्पन गरी ‘ओम’ को आवाज निकाल्ने प्रयास गर्नुहोस् । यो आवाज हल्का र एकसमान हुनुपर्छ । सास लिँदा आफ्नो छाती फैलाउने प्रयास गर्नुहोस् । जबसम्म तपाईं यसलाई रोक्न सक्नुहुन्छ, सास भित्र राख्नुहोस् ।
त्यसपछि दाहिने औँलाले दाहिने नाकको प्वाल बन्द गर्नुहोस् र देब्रे नाकको प्वालबाट बिस्तारै सास छोड्नुहोस् । बाँया नाकको प्वालबाट सास छोड्नुको सट्टा दुबै नाकको प्वालबाट पनि बिस्तारै सास फेर्न सक्नुहुन्छ ।
४.अनुलोम–विलोम
कुनै पनि सजिलो आशनमा बस्नुहोस् । सुखाशन । ब्रज्राशन । सिद्दाशन आदि । यदि कुनै पनि आशन थाहा नभएमा पलेटी कसेर बस्न सकिन्छ । त्यसपछि ढाड र गर्धन सिधा पार्नुहोस् अनि दुबैहातलाई सजिलो पारेर घुँडामा राख्नुहोस । आँखा बन्द गर्नुहोस । नाकको दायाँ प्वालमा दाहिने हातको बुढिऔला राखेर प्वाल बन्द गरिदिनुहोस् । अब विस्तारै बाँया नाखको प्वालबाट स्वास तान्नुहोस । अब बिस्तारै बाँकि औंलाले बाँया नाकलाई बन्द गर्नुहोस । बिस्तारै दायाँ प्वाँलबाट स्वास बाहिर फाल्नुहोस । बिभिन्न बिषाक्त पदार्थहरु बाहिर गएको महशुस गर्नुहोस । शरीर हल्का भएको सम्झनुहोस्, अनुभव गर्नुहोस । पुनः बाँया नाकको प्वाल बन्द गरि दाँयाबाट गहिरो लामो बिस्तारै स्वास तान्नुहोस । अब दायाँ नाकको प्वाल बन्द गरि बाँयाबाट बाहिर फ्याक्नुहोस । यो एकपटक भयो । यसलाई २७ पटक सम्म दोहोर्याउनुहोस । यो पाँच मिनेटको अन्तरालमा गर्न सकिन्छ । सुरु सुरुमा अभ्यास गर्दा दिक्क लाग्ने हुन सक्छ त्यसैले ध्यान केवल स्वासमा मात्र राख्ने ।
५. सिंहाशन
यो आशन थाइराइडको लागि उत्तम मानिन्छ । यो आशन गर्नका लागि दुबै हात टेक्नुहोस् र घुँडालाई अगाडि तानेर बस्नुहोस् । यसपछि, आफ्नो शरीरको माथिल्लो भाग अगाडि तान्नुहोस् । मुख खोल्नुहोस् र जिब्रोलाई मुखबाट बाहिर निकाल्नुहोस् । नाक मार्फत सास लिनुहोस् र आफ्नो मुख मार्फत आवाज निकाल्नुहोस्। यो दिनमा ७ देखि ११ पटक सम्म गर्नुसक्नुहुनेछ ।
सावधानी : यस आशनलाई तीन मिनेटभन्दा बढी अभ्यास नगर्नुहोस । भाँचिएको वा चोट लागेको घुँडा वा खुट्टाको साथ सिंहासनको अभ्यास गर्नुहुदैन । अनुहार, घाँटी वा जिब्रोमा चोट लागेको भए यो आशन निषेध छ ।
प्रतिक्रिया दिनुहोस्