३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


जनकपुरमा एमाले अध्यक्ष ओलीलाई कालो झण्डा


9.542k
Shares

काठमाडौं । जनकपुरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने प्रयास भएको छ ।

शनिबार जनकपुर विमानस्थलबाट जनकपुर–जयनगर रेल चढ्न जाने क्रममा उहाँलाई जनता समाजवादी पार्टी र एकीकृत समाजवादीका कार्यकर्ताले कालो झण्डा देखाउने प्रयास गरेका हुन् । जनकपुर विमानस्थलबाट उहाँ गाडीमा अगाडि बढेपछि नजिकै सडकमा कालो झण्डा लिएका युवा देखिएका थिए । तर प्रहरीले उनीहरूलाई तुरुन्तै नियन्त्रणमा लिएको थियो ।

अध्यक्ष ओली सवार गाडी अगाडि बढेपछि कालो झण्डा देखाउने प्रयास गर्ने युवाहरूलाई हटाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उहाँलाई रेलवे स्टेशनकाे नजिक पनि केही युवाहरूले प्रयास गरेका थिए । तर प्रहरीले रोकेको थियाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगर्नुमा एमालेको मुख्य भूमिका रहेको भन्दै मधेशका विभिन्न जिल्लामा विरोध भइरहेको छ ।