१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बंगलादेशको राष्ट्रिय फुटबल टोली नेपालमा


2.275k
Shares

काठमाडाैँ । नेपालसँगको मैत्रीपूर्ण खेलका लागि बंगलादेशको राष्ट्रिय फुटबल टोली गयराति नेपाल आइपुगेका छन् ।

बंगलादेशको टोलीलाई अखिल नेपाल फुटबल संघका पदाधिकारीले स्वागत गरेका थिए ।

नेपाल र बंगलादेशबीच असोज ११ गते दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल हुनेछ ।

बंगलादेशले बिहीबार कम्बोडियासँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा बंगलादेश १–० ले विजयी भएको थियो ।