
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास तथा पूर्वतिर सरदर स्थानको उत्तरतिर अवस्थित छ । भारतको उत्तर-पूर्वी राजस्थानमा न्यून चापीय क्षेत्र अवस्थित छ ।
आज (आइतबार) बिहान प्रदेश-१, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेकाे छ । साथै बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, प्रदेश-१, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू-भागमा सामान्य बदलीदेखि पूर्ण रुपमा बदली हुने भएकाे छ । त्यस्तै, बाँकी प्रदेशहरूका भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशहरूका केही स्थानहरुमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएको छ । आइतबार राति भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ ।
त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र बाँकी प्रदेशहरूका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्