१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सत्ता गठबन्धनको बैठक बस्दै


65
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज आइतबार पनि बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

गठबन्धनका दलहरुले आइतबारदेखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थाल्ने गठबन्धनका एक नेताले जानकारी दिनुभयो ।

शनिबार बसेको गठबन्धनको बैठकमा प्रतिनिधि सभाको सिट बाँडफाँटबारे छलफल भएको थियो । अहिलेसम्म भएको सहमतिलाई कायम राख्दै अब प्रदेशसभाबारे छलफल थाल्ने सहमति भएको उहाँले बताउनुभयो ।

निर्वाचन आयोगले यही असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको मिति तोकेको छ । सोही कारण दलहरु छिटो सिट बाँडफाँट टुंगो लगाउनुपर्ने दबावमा छन् ।